भारतबाट फर्केपछि काँग्रेस नेता निधि बालुवाटारमा

भारतबाट फर्केपछि काँग्रेस नेता निधि बालुवाटारमा

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । निधि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न त्यहाँ पुगेको बताइएको छ ।

प्रधानमन्त्री र निधिबीच बिहान १० बजेको समयमा भेटवार्ता भएको हो । उहाँहरुबीच झण्डै पौने घण्टा कुराकानी भएको स्रोतको दाबी छ ।

निधि गता साता नयाँ दिल्लीबाट फर्केका हुन् । उनी पुस तेस्रो साता पनि नयाँ दिल्ली गएका थिए ।

टिप्पणीहरू