बालुवाटारमा हिजो राति पुरानो गठबन्धनका नेताहरुको सल्लाह

बालुवाटारमा हिजो राति पुरानो गठबन्धनका नेताहरुको सल्लाह

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो राति पुरानो सत्ता गठबन्धनका नेताहरुको भेटवार्ता भएको छ । राति ८ बजेदेखि झण्डै डेढ घण्टासम्म भएको भेटमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपस्थित हुनुहुन्थ्यो  ।

सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार शुक्रबार साँझ ढलेपछि प्रधानमन्त्री निवास बालुवाटारमा हिजो उहाँहरुबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण ठानिएको छ । आगामी फागुनमा हुन लागेको राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारको विरुद्धमा रहेका काँग्रेस र एकीकृत समाजवादी तथा राष्ट्रिय सहमतिको अडानमा रहेको माओवादीका कारण हिजो रातिको भेटलाई राजनीतिक विश्लेषकहरुले विभिन्न कोणबाट विश्लेषण गरेका छन् ।

टिप्पणीहरू