प्रतिबन्धित भारु बोकेर उड्न लागेका महेशभाई विमानस्थलमै रोकिए

प्रतिबन्धित भारु बोकेर उड्न लागेका महेशभाई विमानस्थलमै रोकिए

प्रहरीले दुई लाख ८७ हजार प्रतिबन्धित भारतीय रुपैयाँसहित एक भारतीयलाई समातेको छ । ४७ वर्षीय महेशभाई रुगनाथभाई कुँडारिया आज काठमाडौँबाट पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार उनी बुद्ध एयरको उडानबाट विराटनगर जान लागेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको हाण्ड ब्यागभित्र उक्त भारतीय रुपैयाँ फेला परेको हो । 

पक्राउ परेका कुँडारियालाई थप आवश्यक एंव कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुरको पुल्चोकमा पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू