भरुवा बन्दुक बोकेका राई प्रहरी हिरासतमा

भरुवा बन्दुक बोकेका राई प्रहरी हिरासतमा

पाँचथरमा भरुवा बन्दुक बोकेर हिँडेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ  । तुम्बेवा गाउँपालिका २, राई गाउँका २३ वर्षीय मनोज राईलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको बताइएको छ ।

आज बिहान अस्थाई प्रहरी पोष्ट नावाखोलाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

निजबाट १ नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने कार्तोज, बारुद, केप, सलाईसमेत बरामद भएको प्रहरीको भनाइ छ । राईमाथि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।
 

टिप्पणीहरू