बाँकेमा समातिएका सांसदलाई काठमाडौँ ल्याइँदै

बाँकेमा समातिएका सांसदलाई काठमाडौँ ल्याइँदै

कैलाली निर्वाचन क्षेत्र नम्बर २ का सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्रेको छ । आगजानी मुद्दामा अदालतबाट दोषी ठहर भएका उनी बाँकेको वैजनाथ गाउँपालिका–२, गावरबाट आज पक्राउ परेका हुन् । 

२०७० सालमा ट्याक्टरमा आगो लगाएको घटनामा जिल्ला अदालत कैलालीले उनीमाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनको निम्ति सांसद चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले अहिले उनलाई काठमाडौँ ल्याउँदै गरेको बताइएको छ । सांसद चौधरी रेशम चौधरीकी श्रीमती अञ्जिता श्रेष्ठ नेतृत्वको उन्मुक्ति पार्टीका नेता पनि हुन् ।
 

टिप्पणीहरू