झापामा २० हजारको सुपारी बरामद

झापामा २० हजारको सुपारी बरामद

झापा प्रहरीले २० हजार मूल्य बराबरको अवैध सुपारी बरामद गरेको छ । मेचीनगर नगरपालिका–७ गौरीगाउँस्थित नेपालबाट भारततर्फ लैजादैँ गरेको २० किलो सुपारी प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले उक्त सुपारी बरामद गरेको बताइएको छ । बरामद सुपारी आवश्यक कारबाहीका लागि मेचीनगर भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी गराएको छ ।

टिप्पणीहरू