नेपालबाट भारत जान लागेका अनिकेतसँग पैसाको बिटो

नेपालबाट भारत जान लागेका अनिकेतसँग पैसाको बिटो

महोत्तरीमा स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारतको सितामढी बेलाथाना सिरसियाका ३० वर्षीय अनिकेत साहलाई प्रहरीले ४ लाख ५० हजार अवैध नेपाली रकमसहित नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी ईटहवाकट्टीबाट खटिएको प्रहरी टोलीले साहलाई मनराशिस्वा नगरपालिका–२ कट्टिगाउँबाट पक्राउ गरेको बताइएको छ । प्रहरीका अनुसार उनी नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० भि १७३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा समातिएका हुन् । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
 

टिप्पणीहरू