संगठनबारे सल्लाह गर्न समाजवादीका नेताहरु छलफलमा

संगठनबारे सल्लाह गर्न समाजवादीका नेताहरु छलफलमा

अर्को साता बस्न लागेको केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले अनौपचारिक छलफल गरेका छन् । पार्टी मुख्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु छलफलमा बसेका हुन् । 

समाजवादीले आउँदो माघ २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसअघि बैठकका एजेण्डाबारे नेताहरु छलफलमा बसेको एक नेताले बताए । छलफलमा पार्टी तथा जनसंगठनका कमिटीहरु अद्यावधिक गर्ने, सदस्यता नवीकरण तथा वितरण र पार्टी कमिटी गठन हुन बाँकी रहेका पालिका तथा विशेष इलाकाहरुमा तत्काल कमिटी बनाउनेलगायतका विषयलाई केन्द्रीय समिति बैठकको एजेण्डा बनाउनेबारे नेताहरुबीच कुराकानी भएको बताइएको छ । 

बैठकमा उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, विजय पौडेल सहभागी थिए । त्यस्तै, हालै समाजवादीमा प्रवेश गरेका पूर्वमन्त्री घनश्याम भुसाल पनि सो छलफलमा बसेका थिए ।

टिप्पणीहरू