१४ वर्षीया बालिका बलात्कृत, ६७ वर्षका सूर्य समातिए

१४ वर्षीया बालिका बलात्कृत, ६७ वर्षका सूर्य समातिए

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । तेह्रथुमको आठराई गाउँपालिका–६ फुङसिङका ६७ वर्षीय सूर्य कन्दङवा बलात्कार अभियोगमा समातिएका हुन् ।

बालिकालाई ललाईफकाई पटक-पटक जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरी टोलीले हिजो उनलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू