फकाएर यौन सम्पर्क गरेपछिको अश्लिल भिडियो सार्वजनिक

फकाएर यौन सम्पर्क गरेपछिको अश्लिल भिडियो सार्वजनिक

दोलखामा एक जना युवकले केटी साथीसँगको यौन सम्पर्क पछिको भिडियो सार्वजनिक गरेका छन् । ती युवकले अश्लिल भिडियो युवतीका नातेदारहरुलाई पठाएर चरित्रहत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् केटीसाथी बनाएपछि २४ वर्षे अर्जुन खड्काले युवतीलाई फकाएर होटलमा पुर्याएका थिए । त्यसपछि यौनसम्पर्क गरेका उनले यौनसम्पर्क गरेको क्षण खिचिएका फोटा र भिडियोहरु युवतीका  आफन्तलाई देखाउँदै चरित्रहत्या गरे । सोही आरोपमा उनी अहिले प्रहरी हिरासतमा पुगेका छन् ।

दोलखाको मेलुङ गाउँपालिका ७, खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेकोे हो ।

टिप्पणीहरू