‘टोपी दिवस’मा को को पुगे भिआइपी ?

‘टोपी दिवस’मा को को पुगे भिआइपी ?

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले ‘दशौं अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस,२०७९’ को अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यसमितिका अध्यक्ष राजानन्द माण्डव्यको अध्यक्षतामा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटक बोर्डको सभाहलमा कार्यक्रम थालिएको हो । 

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रमुख उपस्थिति जनाएका छन् । त्यस्तै,इतिहासविद् ज्ञानमणि नेपाल, शिक्षाविद प्रा.डा. विद्यानाथ कोइराला, पूर्वमन्त्री शंकर भण्डारी, रसियन एम्बेसीका सिनियर एन्ड्रु गुसल्याङो, राष्ट्रिय महिला आयोग सदस्य कृष्णकुमारी पौडेलको पनि सहभागिता रहेको छ । 

राष्ट्रिय ताल संरक्षण समितिका अध्यक्ष ध्रुव उप्रेती,राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मालगायत एक सय जना टोपी दिवस मनाउन सभाहल पुगेका छन् । हरेक वर्षको जनवरी १ मा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउने गरिएको छ । 

आज नेपाल र मुलुक बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ यो दिवस मनाउने गरेका छन् ।

टिप्पणीहरू