रौतहटमा सवा लाखको रक्सी र ५ लाखको गाडी बरामद

रौतहटमा सवा लाखको रक्सी र ५ लाखको गाडी बरामद

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले भारततर्फ लैजाँदै गरिएको रक्सी र रक्सी बोकेको सवारी साधनलाई नियन्त्रणमा लिएको छ । राजदेवी नगरपालिका ९ ब्रम्हपुरीस्थित बीओपी बेलबिछवाबाट खटेको टोली र प्रहरी चौकीको अर्को टोलीले रक्सी र सवारी साधन पक्रेको जनाइएको छ । 

सशस्त्र प्रहरीको तर्फबाट इन्सपेक्टर उमेश ढकालको कमाण्डमा पाँच जना र नेपाल प्रहरीको तर्फबाट सहायक निरीक्षक किशोर ठाकुरको कमाण्डमा खटिएको दुई जनाको टोलीले हिजो राति साढे ९ बजे भारतीय सीमाना नजिकैबाट उक्त रक्सी र सवारी साधन नियन्त्रणमा लिएको हो ।

भारतीय नम्बर प्लेट बीआर २९ एस ९४०४ नम्बरको बोलेरो गाडीमा राखिएको एक सय १८ कार्टुन सोफी मदिरा भारततर्फ लैजान खोजिएको प्रहरीको भनाइ छ । प्रहरी टोलीलाई देखेपछि गाडी छाडेर चालक र अन्य व्यक्ति फरार भएका थिए । 

रक्सी र सवारी साधनलाई हिजै गौर भन्सार कार्यालयमा लगेर राखिएको छ । आज सवारी साधनको ठ्याक्कै मूल्य तोक्ने र आवश्यक प्रक्रिया पूरा गरेर भन्सारलाई बुझाइने प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू