मलद्वारमा आगो लगाएर मजदुर मारियो

मलद्वारमा आगो लगाएर मजदुर मारियो

महोत्तरीको सम्सी गाउँपालिकामा एक मजदुरको निर्ममतापूर्क हत्या गरिएको छ । सम्सी गाउँपालिका २, पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारीको मलद्वारमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको तथ्य फेला परेको छ ।

अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय ३५ वर्षीय मोहम्मद अब्दुल सलामलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार सलामले अन्सारीलाई यातना दिइरहेको भिडिओ पनि बनाएको फेला परेको छ ।

गत बुधबार अन्सारीको मलद्वारमा आगो लगाएर उनकै घर अगाडि फालेर सलाम भागेका थिए । अचेत अवस्थामा रहेका अन्सारीको जानकी हेल्थ केयर जनकपुरधाममा उपचारका क्रममा ज्यान गएको हो । 

सलामले अन्सारीलाई घरमा काम गर्न बोलाएको र महिनाको १५ हजार रुपैयाँ पारिश्रमिक दिने सहमति भएको बताइन्छ । प्रहरीले उनीमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

टिप्पणीहरू