होटलमा २ केजी युरेनियमको डल्लो

होटलमा २ केजी युरेनियमको डल्लो

बाराको सिमरामा २ केजी युरेनियमसहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको टोलीले युरेनियमसहित होटलबाट तीन जनालाई नियन्त्रणमा लिएको बताइएको छ ।

सशस्त्र प्रहरी बल, नेपालको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा उक्त युरेनियम फेला परेको हो । सशस्त्रको नम्बर १२ गण हेडक्वार्टर, बारा मातहतको सुरक्षा बेस जितपुरबाट खटिएको टोलीले सिमरास्थित आदित्य होटलको कोठा नम्बर ४ बाट युरेनियम बरामद गरेको हो । 

सशस्त्र प्रहरी टोलीले २९ वर्षे रवि चौधरी, ३० वर्षे सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका २ का २२ वर्षे बृज सहनीलाई युरेनियमसहित हिजो दिउँसो नियन्त्रणमा लिएको बताइएको छ । आवश्यक कारवाहीको निम्ति उनीहरुलाई नेपाल प्रहरीसमक्ष बुझाइएको छ ।

 

टिप्पणीहरू