ठग नीलकण्ठ टिकाथलीमा भेटिए

ठग नीलकण्ठ टिकाथलीमा भेटिए

दुबईमा आकर्षक रोजगारीको प्रलोभनमा पारेर सर्वसाधारण ठग्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । झापाको मेची नगरपालिका–३ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने ३४ वर्षीय निलकण्ठ अधिकारीलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो ।

वर्किङ भीसामा वैदेशिक रोजगारीका लागि दुबई पठाउने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा जागिर लगाइदिने लोभ देखाएर अधिकारीले पीडित हर्कबहादुर बस्नेतसँग २ लाख ८७ हजार रुपैयाँ ठगेको आरोप छ । रकम लिएर उनी सम्पर्कविहीन भएपछि बस्नेतले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । 

विभागको अनुरोधमा प्रहरी टोलीले उनलाई हिजो ललितपुरको टिकाथलीबाट नियन्त्रणमा लिएको हो । थप अनुसन्धान तथा कारबाहीका लागि अभियुक्त अधिकारीलाई वैदेशिक रोजगारी विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू