छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

कञ्चनपुरमा १० वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । गएराति नाबालिक छोरी बलात्कारको आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा समातिएका हुन् ।

प्रहरीका अनुसार उनले आफ्नै नाबालिका छोरीमाथि बलात्कार गरेको आरोपमा अनुसन्धान भइरहेको छ । घरपरिवारबाटै उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए । 

हिजो राति नै बालिकाको स्वास्थ्य चेकजाँच गरिएको उनले बताए । बालिकाकी आमाले दोस्रो विवाह गरेपछि उनी हजुरआमासँग बस्दै आएकी थिइन् ।

टिप्पणीहरू