अटोको पछाडि गाँजा, अगाडि यात्रु

अटोको पछाडि गाँजा, अगाडि यात्रु

सिरहाको गोलबजार नगरपालिका–१ गोला मुक्सार चोकबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । ८ किलो ८ सय ग्राम गाँजासहित आज दिउँसो उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेकामा सिरहा गोलबजार नगरपालिका–१ का ३९ वर्षीय सुदिपकुमार राई र धनुषा गणेशमान चारनाथका १८ वर्षीय किशोर रहेका प्रहरीले जनाएको छ ।

अटो रिक्साको पछाडि भागमा लुकाई राखिएको उक्त परिमाणको गाँजासहित चालक किशोर र अटोमा सवार सुदिपलाई पक्राउ गरिएको हो ।

टिप्पणीहरू