ठमेलमा चिनियाँहरुबीच खुकुरी हानाहान,एक घाइते,हान्ने फरार

ठमेलमा चिनियाँहरुबीच खुकुरी हानाहान,एक घाइते,हान्ने फरार

राजधानीमा चिनियाँ नागरिकहरुबीच पुनः हिंसात्मक भिडन्त भएको छ । गए राति ठमेलमा दुई समूहबीच भएको ‘ग्याङ्ग फाइट’ मा एक जनाको हातको नशा काटिएको छ ।

इन्भेस्टमेन्ट बैंकका मालिक पृथ्वीबहादुर पाण्डेको छायाँ सेन्टरस्थित विण्डो होटलमा भएको खुकुरी हानाहानमा ६० वर्षे निगु सुन घाइते भएका छन् । उनको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

चिनियाँ नागरिकहरू पो र योङ योङले प्रहार गरेको खुकुरीबाट निगु घाइते भएका हुन् । तीन साताअघि पनि ईन्द्रचोकमा मध्यान्हको समय चिनियाँहरुबीच भएको छुरा प्रहारमा एक जनाको ज्यान गएको थियो ।

टिप्पणीहरू