पुष्पा आत्मदाह प्रकरणः शँकाले जब लँका जलायो

पुष्पा आत्मदाह प्रकरणः शँकाले जब लँका जलायो

धोकेवाज प्रेमीको दैलोमा गत आइतवार साँझ घटेको आत्मदाहको एउटा घटनाले पुरै मुलुकमा तरंग ल्याएको छ । अन्धो प्रेम र विश्वासले मान्छेको ज्यान नै लिँदो रहेछ भन्ने उक्त घटनाबाट पुष्टि हुन्छ । नुवाकोट घर भई हाल काठमाडौंको बुध्दनगर बस्दै आएकी पुष्पा न्यौपानेले धुम्बाराहीस्थित पिपलबोट नजिकै आफ्नो मँगेतर सुधन संग्रौलाको घरअगाडि आत्मदाह गरेकी थिइन् । 

दरबारमार्गस्थित ‘केल्मी नेपाल’ की अपरेशन म्यानेजर २७ वर्षीया न्यौपानेले सुधनसंग मंगनी टुटेको भोलिपल्ट आत्मदाह गरेर ज्यान दिएकी हुन् । आफैंलाई पेट्रोल खन्याएर आगो लगाएकी उनको पूरै शरीर जलेको थियो ।

जल्दै गरेको अवस्थामा फेला परेकी उनको उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा भोलिपल्ट मृत्यु भएको हो । लगत्तै आफन्तले सुधनसहित बुवा दिनेश संग्रौला,आमा बिन्दु र दाइ मधु संग्रौलाविरुध्द आत्महत्या दुरुत्साहनको कसूरमा प्रहरीमा जाहेरी दिएको थियो ।

प्रहरीले सोमवारै सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढायो । काठमाडौं जिल्ला अदालतले बुवा,आमा र दाइलाई हाजिरी जमानीमा छोड्न आदेश दिएपछि उनीहरु हिरासत मुक्त भएका छन् । 

"सुधनले पुष्पा हैन आफैलाई निर्मम धोका दिएका छन् । चिनियाँ या अरु कुनै बिदेशीसङ्ग केही बर्षको कैद काटेर निस्केपछि घरजम गरे नै भने पनि उनलाई कुनै समझदार परिवारले आफ्नो छोरीचेली दिने छैनन् । सङ्रौला परिवारले कहिल्यै समाजमा ठाडो शीर गरेर हिंड्न सक्ने छैन ।"

यता,सुधनलाई भने थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइएको छ । गत भदौ १८ गते मंगनी भएको प्रेमिल जोडीको सम्बन्धमा के विषयलाई लिएर खटपट भयो,जसले आत्महत्याकै रुप लियो ? यो अझैपनि रहस्यमय नै छ ।

के थियो घटना ? 

झण्डै १० महिनाअघि धुम्बाराहीका सुधन केल्मी शो रुम पुगेका थिए । चीनको ग्वाङ्झौबाट बालबालिकाको खेलौनालगायतका सामग्री आयात गरेर बिक्री गर्दै आएका उनको शो रुमका सञ्चालक उत्तम न्यौपानेसंग राम्रो चिनजान थियो । 

पुष्पा र सुधनको सम्बन्ध पनि त्यहीँबाट शुरु भएको हो । नियमितजसो सुधन शोरुम गइरहने भएकाले उनीहरुबीच निकटता बढ्यो । एकापसमा फेसबुक र फोन नम्बर साटासाट भयो । निरन्तर कुराकानी हुन थाल्यो । दुवै जना व्यवसायिक घरानाका भएकाले घर आउजाउ हुने क्रम पनि बाक्लिन थालेको थियो ।

विस्तारै यी दुई नजिकिन थाले । शो रुमबाट शुरु भएको दोस्ती प्रेममा परिणत भयो । आफ्नो खुट्टामा उभिएको,व्यापार व्यवसाय भएको सभ्य केटा भएकाले पुष्पाको परिवारले विवाहका लागि मञ्जुरी दिए । सबैको सहमतिमा गत भदौ १८ गते बुध्दनगरस्थित घरमा मंगनी भएको थियो । सुधनको परिवारले पुष्पालाई बुहारीको दर्जा दिइसकेको बताइन्छ । उनीहरु चाँडै विवाह बन्धनमा बाँधिने तरखरमा थिए । 

तर,मंगनीको केही समयपछि नै सम्बन्धमा चिसोपना छिर्न थाल्यो । दुई प्रेमिल जोडीबीच खटपट बढ्दै गयो । सुधनको आनीबानी र व्यवहारमा पनि बद्लाव देखिन थाल्यो । पछिल्लो केही महिनायता सुधनले पुष्पालाई बेवास्ता गरिरहेका थिए । 

दुई बीचको सम्बन्धमा आएको दरार घट्नुका कारण झनै बढ्दै गयो । बढ्दो मनमुटावका कारणले कसैको ज्यान गयो । गएको शनिवार सुधनका बुवाआमाले पुष्पाको घरमा आएर जनैसुपारी र सम्पूर्ण गरगहना फिर्ता लिए । सुधनले आफू नगई बुवा,आमालाई मंगनी तोड्न पठाएका थिए । पुष्पाको परिवारले मंगनी तोड्नुको कारणसमेत सोधेका थिए । जवाफमा उनीहरुले पाए,‘आफ्नै छोराको बुध्दि बिग्रिएको ।’

दुवै जना प्रेम सम्बन्धमा रहेको शंका 

यो विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । मंगनी तोडिनुको कारण नै आत्मदाह गरेको हो कि अर्कै कारण छ ? छानबिन भइरहेको छ । तर,पुष्पा र सुधनको दूरी बढ्नुमा एकार्काप्रति शंकाले काम गरेको हुनसक्ने अनुसन्धानमा खटिएका एक अधिकृतले बताए । 

हालसम्म केटाको मात्र सम्बन्धका कुरा बाहिर आएको र केटाले मृतकका वारेमा पनि नानाभाँती वयान दिएर आफू पानीमाथिको ओभानो देखिन चाहेको बुझिएको छ । मंगनी भइसक्दा पनि अर्कैतिर अफेयर चलाउँदा यो घटना घटेको हुनसक्ने अन्दाज गरिएको छ । बित्ने त बितिगइन्,आफ्नो सफाइ पेश गर्न आउने कुरै भएन,जति बात लगाए पनि भयो किनकि यो पुरुष प्रधान समाज हो ।  अहिले सुधन र पुष्पा दुबैको च्याट,सम्पर्कलगायत सबै विवरणहरु छानबिन गर्ने काम भइरहेको छ ।  ‘शंकाले लंका जलाउँछ भनेको यही हो’,ती अधिकृतले भने ।

केटाका लागि ज्यान फाल्नु गलत 

छोरी गुमाएको पुष्पाको परिवार यतिखेर ठूलो शोकमा छ । यता,सुधनको परिवारमाथि पनि आपत आइपरेको छ । सुधनले मंगनी तोडे पनि पुष्पाले ज्यान फाल्नु गलत भएको नागरिक अगुवाहरुको भनाइ छ । 

‘एउटाले छोडेपनि अर्को ९९ सय वटा आउँथे । यसरी ज्यान फाल्नुचाँहि हुँदैनथ्यो’, एक जानकारले भने । पुष्पाले मृत्युवरण गर्दा दुवै परिवार अप्ठ्यारोमा परेका छन् । कसैले आफ्नो छोरी गुमाएको छ त कसैको जिन्दगी,इज्जत र भविष्यमाथि नै कालो धब्बा लागेको छ । सुधनले पुष्पा हैन आफैलाई निर्मम धोका दिएका छन् । चिनियाँ या अरु कुनै बिदेशीसङ्ग केही बर्षको कैद काटेर निस्केपछि घरजम गरे नै भने पनि उनलाई कुनै समझदार परिवारले आफ्नो छोरीचेली दिने छैनन् । सङ्रौला परिवारले कहिल्यै समाजमा ठाडो शीर गरेर हिंड्न सक्ने छैन ।

नैतिक शिक्षाको अभाव 

अहिलेको पुस्तामा नैतिक शिक्षाको अभाव देखिएको छ । के गर्नुपर्छ,के गर्नुहुँदैन भनेर उनीहरु छुट्याउनै सक्दैनन् । पहिले एउटा प्रख्यात उखान थियो,‘हार खाएपनि झार नखानु ।’  पछिल्लो समय ठ्याक्कै त्यसको उल्टो देखिन थालेको छ । 

अलिक कठिन घडी आयो भने अहिलेको पुस्ताले पचाउन सक्दैन । पुराना कुरा बिर्सिएर अघि बढ्न सक्ने क्षमता समाप्त हुँदै गएको छ । नेपालको शिक्षामा नैतिकता छैन । ०६२/६३ को आन्दोलनपछि बिद्यालयको पाठ्यक्रमबाट "नैतिक शिक्षा" हटाइएको छ ।  शिक्षाको मूल उध्देश्य व्यक्तित्व निर्माण गराउनु पनि हो । 

शिक्षाले मानिसको चरित्र र सचेतनास्तरमा बृध्दि गर्छ । विडम्बना,पढे लेखेकै युवाहरुले यसरी फोगटमै आफ्नो अमूल्य  ज्यान खेर फालिरहेका छन् । जेसुकै होस्,पुष्पाको मृत्यु अब टेस्ट केस बन्नुपर्छ,दोषीले सजाय पाउनुपर्छ र अनाहकमा ज्यान फाल्ने क्रम पनि रोकिनुपर्छ ।
 

टिप्पणीहरू