पटक पटक कूल पूजा रोकिएपछि बली नदिई बोकालाई घण्टी बाँधेर छाडियो

पटक पटक कूल पूजा रोकिएपछि बली नदिई बोकालाई घण्टी बाँधेर छाडियो

काभ्रेको पनौती–कुशादेवी क्षेत्रका आचार्य बन्धुहरुले कूलपूजाको क्रममा बली नदिने भएका छन् । अघिल्लो बर्ष नै धान्यपूर्णिमामा हुनुपर्ने कूल पूजाका लागि किनिएको बोकालाई उक्त समयमा सुतक परेका कारण पूजा रोकिएपछि बली नदिएको बताइन्छ ।

सोही बोकालाई जेठमा बली दिने तयारी हुँदै गर्दा जुठो परेकाले पुनः कूलपूजा रोकिएको थियो ।  पटक पटक पूजा छेकिएपछि आज कूलपूजाको क्रममा बली दिन पनौती ६ स्थित मन्दिरमा लगिएको बोकालाई बली नदिई घण्टी बाँधेर छाडिएको छ।

एक सय ५० भन्दा बढी घरधुरी भएका आचार्य बन्धुहरुले अबदेखि कूलपूजामा बली नदिने र नरिवल चढाउने निर्णय गर्दै बोकाको घाँटीमा घण्टी बाँधेर छाडिदिएको स्थानीय करण आचार्यले जनआस्थालाई  बताए ।

टिप्पणीहरू