बिदेशमा कमाएको पैसाको हिसाब नमिल्दा श्रीमतीको टाउको छिनाइयो

बिदेशमा कमाएको पैसाको हिसाब नमिल्दा श्रीमतीको टाउको छिनाइयो

श्रीमतीसँग आर्थिक हरहिसाब नमिल्दा श्रीमानले टाउको काटी हत्या गरेका छन् ।

सुर्खेत पञ्चपुरी नगरपालिका–३ तोक्मा घर भएका ३८ वर्षीय अमरबहादुर आले मगरले हिजो दिउँसो श्रीमती ३० वर्षीया मीना आले मगरलाई  हँसिया प्रहार गरेर घाँटी काटी हत्या गरेको बताइन्छ ।

हत्या गरेर टाउको प्लास्टिकको झोलामा बोकी भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट  प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको छ । उनी बिदेश बसेर आएका हुन् । आर्थिक मामिलामा पारिवारिक विवादले हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज अधिकारीले जनआस्थालाई  बताउनुभयो।

टिप्पणीहरू