अमेरिकी राजदूत खुमलटारमा,प्रचण्ड स्वयम हात्तीवनमा

अमेरिकी राजदूत खुमलटारमा,प्रचण्ड स्वयम हात्तीवनमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न अमेरिकी राजदूत बिहान सबेरै ललितपुरको खुमलटार पुग्नुभएको छ । राजदूत डिन थम्पसनले दाहाल निवासमा हिजो बिहान ४५ मीनेट कुराकानी गरेको बताइन्छ । 

‘अध्यक्ष दाहाल र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच बिहान ८ बजेको समयमा भेटवार्ता भएको हो,’ खुमलटार स्रोतले बतायो । कुराकानीको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । 

अध्यक्ष र राजदूतबीच समसामयिक राजनीतिमा छलफल भएको स्रोतको दाबी छ ।

अमेरिकी राजदूत निस्केपछि अध्यक्ष दाहालसँग ऊर्जामन्त्री पम्फा भुसाल र शिक्षामन्त्री देवेन्द्र पौडेलको भेटवार्ता भएको हो । उहाँहरुबीच बिहान ९ बजेदेखि झण्डै ४५ मीनेट कुराकानी भएको थियो ।

हिजै अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच पनि बातचित भएको छ । उहाँहरुबीच अपरान्ह पौने ५ बजेदेखि झण्डै एक घण्टा कुराकानी भएको स्रोतको दाबी छ । भेटघाट यादवको निवास, हात्तीवनस्थित सिटीक्याप हाउजिंगमा भएको र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत सहभागी हुनुभएको जसपाका एक जना नेताले बताए ।

टिप्पणीहरू