पटकपटक घरमा नक्कली बम राखिएपछि गोकुल हैरान

पटकपटक घरमा नक्कली बम राखिएपछि गोकुल हैरान

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले फेसबुकमा एक स्ट्याटस लेख्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

हिजो बिहान भक्तपुरको लोकन्थलीस्थित उनको घरबाहिर शंकास्पद वस्तु फेला परेपछि बमको आशंका गरिएको थियो । 

तर,सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा बम नभएको पुष्टि भयोे ।

उक्त बिषयलाई गम्भीर रूपमा लिँदै बाँस्कोटाले आफ्नो फेसबुकमा यस्तो लेखेका छन् : "मान्छेलाई मार्न सकिन्छ । तर,उसको विचार र उसलाई कहिल्यै हराउन सकिन्न । पटक पटक कसले र किन ममाथि हमला गर्छ ? म अचम्मित छु । सत्य तथ्य पत्ता लगाउने काम सरकारको हो।"

टिप्पणीहरू