आमा छोरा कहिले आउला भनी हेर्दै थिइन् आकाशमा,छोरा तीन महिनामै आए बाकसमा

आमा छोरा कहिले आउला भनी हेर्दै थिइन् आकाशमा,छोरा तीन महिनामै आए बाकसमा

रोजगारको अभावमा दिनहुँ सैयौँ युवाहरु अनेकौं आशा र सपनाको रित्तो झोला बोकेर आँसु झार्दै परदेशिन बाध्य छन् । आँसु झार्ने कति त हाँस्दै फर्केलान्, कति भने बुबा,आमाको आँखामा बाँचुन्जेल आँशु पारेर अस्ताउने गरेका छन् । 

यस्तै,पीडा भएको छ सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर- ५ चिकना बस्ने सुलोचना दासलाई । आफ्नो दु:खको एक मात्र सहारा एक्काईस बर्षीय कान्छो छोरा राजकुमार कतार गएको तीन महिनामै सडक दुर्घटना परी बाकसमा फर्केका छन् । 

ऋणको बोझले थिचेको सुलोचनाको बोझ उठाउलान् कि भन्दा पनि जीवनभर आँशुको मुहानमा डुबाएर छोरा अस्ताएका छन् ।  हिजो बिहिवार उनको शव नेपाल ल्याएर दाहसँस्कार गर्दै गर्दा आमाले रुँदै 'छोरा,नजा भनेको,मानिनौ  ! बरु खोले- सिस्नु नै खानु हुन्थ्यो नि,बोल न छोरा बोल भन्ने हृदयविदारक आवाजले लाखौं परदेशीको पीडा बोलिरहेको थियो।

विदेशी भूमिमा गएका राजकुमार  त अब कहिल्यै नबोल्लान् तर कहिलेसम्म नेपाली युवा देशको सेवा गर्न छाडी खाडीमा सेलाइरहने हो,नयाँ सरकारले यसवारे ठण्डा दिमाग लगाउने बेला आएको छ ।

टिप्पणीहरू