मातृ पोषण तथा शिशु स्याहार कार्यक्रम नयाँ स्वरुपमा

मातृ पोषण तथा शिशु स्याहार कार्यक्रम नयाँ स्वरुपमा

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आमा र शिशुको स्वास्थ्य सुरक्षाको निम्ति गर्भवती नयाँ रुपमा पोषण तथा शिशु स्याहार कार्यक्रम थालेको छ । यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई परिमार्जन गरेर सुत्केरीलाई पोषणयुक्त खानेकुरा दिइँदै आइएकामा यो वर्षदेखि नगद प्रदान गर्न लागिएको बताइएको छ ।

गर्भवती महिलाले स्वास्थ्य संस्थामा आठ पटक गर्भ जाँच गराएपछि पहिलो किस्ता वापत तीन हजार र दोस्रो किस्तामा छ हजार गरेर नौ हजार रुपैयाँ दिने कार्यक्रम छ । पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलका अनुसार पालिकामा स्थायी बसोबास गरेकी महिलाको दोस्रो सन्तानसम्मका लागि यो सेवा दिइन्छ । 

कार्यक्रमका लागि पालिकाले चालु आवमा २२ लाख बजेट विनियोजन गरेको छ । पालिका प्रमुख गिता गुरुङका अनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी लागु गरिएको हो । उक्त रकमले आर्थिक अवस्था कमजोर भएका महिलालाई आफ्नो र शिशुको स्वास्थ्य सुधारमा महत्वपूर्ण सहयोग पुग्ने पालिकाकाको विश्वास छ ।

टिप्पणीहरू