जुम्ला विमानस्थलमा बेहोस युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । जुम्ला प्रहरीले बेहोस अवस्थामा भेटिएका ती युवकको उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

आज बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित जुम्ला विमानस्थलको पश्चिमतर्फको तार जालीभित्र कैलालीको टिकापुर नगरपालिका–७, सतिगाउँका अन्दाजी २९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएका हुन् । 

प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार बेहोस अवस्थामा फेला परेका जैसीलाई उपचारको निम्ति कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो । तर चिकित्सकले जैसीलाई उपचारको क्रममा मृत घोषणा गरेका हुन् ।

टिप्पणीहरू