राप्रपाले जितेपछि माओवादी इञ्चार्ज परिवर्तन

राप्रपाले जितेपछि माओवादी इञ्चार्ज परिवर्तन

नेकपा माओवादी केन्द्रले जुम्ला इञ्चार्जको जिम्मेवारी नरेश भण्डारीलाई दिएको छ । केन्द्रीय सदस्य भण्डारीलाई माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएका हुन् ।

‘पार्टी विधानले तोकेबमोजिम इञ्चार्जको जिम्मेदवारी वहन गरी पार्टी आन्दोलनलाई नयाँ उचाई प्रदान गर्नुहुने छ भन्ने पूर्ण विश्वास छ,’ मल्लले दिएको जिम्मेवारी पत्रमा उल्लेख छ ।

जुम्लामा हालै भएको निर्वाचनमा संघीय सांसदमा राप्रपाका ज्ञानेन्द्र शाही विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादीकी गोमा कुँवर उम्मेदवार थिइन् ।

टिप्पणीहरू