कोशीपारी भैंसीले जन्माउन थाले निख्खर सेता पाडापाडी

कोशीपारी भैंसीले जन्माउन थाले निख्खर सेता पाडापाडी

काभ्रेपलाञ्चोकका एक जना किसानको घरमा पालेको भैंसीले सेता पाडो जन्माएको छ । स्थानीय सुलभ पहरीको घरमा सेतो पाडो जन्मेपछि हेर्नेको लर्को लागेको बताइन्छ । भुम्लु गाउँपालिका ५ सल्लेभुम्लु ताईखेतलगायतका गाउँहरुमा केही समय यता भैंसीको सेता पाडापाडी देखा पर्न थालेको जानकारी दिइएको छ ।

प्रायः भैंसीले कालो,खैरो रंगको पाडापाडी जन्माए पनि यो पटक निख्खर सेतो पाडो जन्मेको सुलभको भनाइ छ । गाउँमा पहिलो घटना भएकै कारण सेतो रंङको पाडो हेर्नेहरुले आश्चर्य मान्ने गरेको उनी बताउँछन् ।

त्यसबारे केन्द्रीय पशु चिकित्सालय, त्रिपुरेश्वरका प्रमुख चिकित्सक डा. टंक प्रसाईंको बुझाईमा भैंसीमा हुने जीन तथा तत्स्थानको हावापानीका कारण यस्तो समस्या आउने गर्छ । प्राकृतिक गर्भधारण गराउँदा राँगोको नश्लका कारण पनि यस्तो हुने उनले बताए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका कार्यालय  प्रमुख डा. मोगलप्रसाद साहले त्यस्ता पाडापाडी जन्मनुलाई थप अध्ययनको विषय बनाइनुपर्ने बताए ।

टिप्पणीहरू