मोरङका सडकमा ट्रिपरको रजाईं

मोरङका सडकमा ट्रिपरको रजाईं

मोरङका सडकमा हुने गरेको ट्रिपरको रजाईंले सर्वसाधारण हिँडडुल गर्न मात्र नभई सास फेर्न पनि मुश्किल परेको छ ।

बेलबारी नगरपालिकाका वडा नम्बर ५, ६ र ७ को सडकखण्डमा स्थानीय चिसाङ र लोहोन्द्र खोलाबाट दैनिक दर्जनौं ट्रिपर ओहोरदोहोर गर्ने गरेका छन् । सोही कारण सडक आसपासमा धुलोले सर्वसाधारणलाई हिँड्न र सास फेर्न समेत मुस्किल भएको बताइन्छ ।

उता, स्थानीयले धुलो नियन्त्रणको निम्ति पटक पटक आग्रह गर्दा पनि ट्रिपर सञ्चालकहरुले भने वेवास्ता गरेको दुःखेसको पोखेका छन् । 

‘यसरी दिनहुँ छारो र धुलोमा कसरी बस्ने ? हाम्रो स्वास्थ्यको जिम्मा कसले लिने ? सम्बन्धित निकायले कहिले बुझने ?,’ आक्रोशपूर्ण शैलीमा स्थानीयले भने ।

टिप्पणीहरू