मध्यरातमा घाँटी रेटेर हत्या

मध्यरातमा घाँटी रेटेर हत्या

सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको छ । गएराति कञ्चनरूप नगरपालिका–१ बैरबामा स्थानीय ५० वर्षीय पप्पु राउतको घाँटी रेटेर हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको हो ।

राउतको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उक्त घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताइको छ ।

टिप्पणीहरू