ठगीको राम्रो धन्दा : विदेश पठाइदिने प्रलोभन

ठगीको राम्रो धन्दा : विदेश पठाइदिने प्रलोभन

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेश पठाइने प्रलोभनमा सर्वसाधारण ठग्दै आएकी महिलालाई पक्रेको छ । पोर्चुगल पठाइदिने आश्वासन र प्रलोभनमा रकम ठगेको आरोपमा एक महिलालाई पक्राउ गरेको बताइएको छ ।

पोर्चुगल पठाइदिने प्रलोभनमा २१ लाख रुपैयाँ ठगी गरेकी सर्लाही घर भई हाल काठमाडौं बस्ने धनकुमारी ओलीलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रतिव्यक्ति १३ लाख रुपैयाँ असुलेको देखिन आएको छ । 

एक प्रतिष्ठित कम्पनीमा मासिक एक लाख २० हजार तलबमा रोजगारी मिलाइदिने प्रलोभन देखाउँदै उनले ठगेकी हुन् । पीडितहरुको रकम लिएर सम्पर्कविहीन बनेपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । 

त्यसपछि प्रहरी टोलीले हिजो उनलाई ललितपुरको सातदोबाटोबाट नियन्त्रणमा लिएको हो । थप अनुसन्धान तथा कारबाहीका लागि ती महिलालाई वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

टिप्पणीहरू