चुनावकाे मौका छोपेर ठग्दै हिँड्ने भारतीय च्याप्पै

चुनावकाे मौका छोपेर ठग्दै हिँड्ने भारतीय च्याप्पै

लमजुङ प्रहरीले सुन सफा गर्ने नाममा सर्वसाधारण ठग्दै हिँडेका भारतीय पक्राउ गरेको  छ । सर्वसाधारणको सक्कली सुन आफूले लिएर नक्कली सुन दिने गरेको गुनासो आएपछि भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रहरीले सुन सफा गर्ने नाममा तौल कम पारेर ठगी गर्ने २४ वर्षे भारतीय विवेककुमारलाई मर्स्याङ्दी गाउँपालिका वडा नम्बर.३ खुदीबाट पक्राउ समातेको हो ।

विवेकले स्थानीय तीन जना महिलाले लगाएको सुनको गहना चम्किलो पार्ने भन्दै सिक्री तथा ब्रासलेट खोलेर रासायनिक पदार्थमा हालिदिएका थिए । पछि सिक्री र ब्रासलेटको तौल कम भएपछि ती महिलाले उजुरी हालिन् । 
भारतीय नागरिक पक्राउ परेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । विवेक कुमारलाई लमजुङ जिल्ला अदालतबाट हिजैदेखि ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ ।
 

टिप्पणीहरू