डलर अर्बपतिलाई काँग्रेस सरकारमा मन्त्री बन्न बाटो खुल्यो

डलर अर्बपतिलाई काँग्रेस सरकारमा मन्त्री बन्न बाटो खुल्यो

डलर अर्बपति तथा नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका विनोद चौधरी विजयी भएका छन् । नेपाली काँग्रेसको तर्फबाट उठेका चौधरीले २३ हजार ८६१ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी हृदयेश त्रिपाठीले १८ हजार २२१ मत प्राप्त गरेका छन्  । चौधरी र त्रिपाठीबीच ५ हजार ६४० मतको अन्तर देखिएको छ ।

काँग्रेस नेतृत्वमा नयाँ सरकार गठन भएको अवस्थामा चौधरीलाई मन्त्री बन्न बाटो खुलेको बताइन्छ । उनको चाहना अर्थ,उद्योग वा आपूर्ति मन्त्रालय रहेको निकटस्थहरुले बताएका छन् ।

टिप्पणीहरू