बंगलादेशी राजदूत आए, विश्व बैंकका निर्देशक गए

बंगलादेशी राजदूत आए, विश्व बैंकका निर्देशक गए

नेपालका लागि बंगलादेशका पूर्वराजदूत काठमाडौं आएका छन् । राजदूत हुमीबुन कबिर हिजो बिहान साढे ११ बजे काठमाडौं आएको विमानस्थल कार्यालय स्रोतले बताएको छ । उनी विमान बंगलादेशको उडानमा ढाकाबाट आएका हुन् ।

उता विश्व बैंकका निर्देशक फारिस हैजर हादाद जेर्वोस हिजो काठमाडौंबाट अमेरिका गएका छन् । उनी एअर अरेबियाको उडानमा अपरान्ह साढे ४ बजे अबुधाबी हुँदै वासिङ्ग्टन डिसी गएको बताइन्छ । 

हिजै नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुद पनि काठमाडौं आएका छन् । उनी श्रीमतीसहित दिउँसो काठमाडौं ओर्लेका हुन् । सुद दम्पती झम्सिखेलस्थित होटल भिभान्तामा बसेका छन् ।

टिप्पणीहरू