दोहा विश्वकपमा पाँच तारे पानीजहाजको चर्चा

दोहा विश्वकपमा पाँच तारे पानीजहाजको चर्चा

कतारको राजधानी दोहामा भोलिदेखि विश्वकप शुरु हुँदैछ । समुद्रमा तैरिरहेको उक्त जहाज हिजो मात्रै कतार नजिकैको समुद्रमा आइपुगेको हो । 

विश्वकपका धनी दर्शकले भरिएको उक्त पाँच तारे जहाजमा पाँच तारे होटलको सुविधा छ । २६३३ वटा सुविधा सम्पन्न कोठा भएको जहाजमा ६ हजारभन्दा बढी पाहुना अटाउने छन् । 

छ वटा स्विमिङ पुल, १३ वटा रेष्टुरेण्ट रहेको जहाजमा सबै खालका सुविधा पाइन्छ । दोहामा हुने खेल हेरेपछि ती दर्शक रात बिताउन उक्त जहाजको सुविधा सम्पन्न होटलमा जानेछन् ।

टिप्पणीहरू