कन्सल्टेन्सी सञ्चालक नै सर्वसाधारण ठग्ने धन्दामा सक्रिय

कन्सल्टेन्सी सञ्चालक नै सर्वसाधारण ठग्ने धन्दामा सक्रिय

सर्वसाधारणलाई बेलायत, अमेरिकालगायत आकर्षक रोजगारी भएका मुलुक पठाइदिने प्रलोभनमा पारेर ठग्दै आएका एउटा कन्सल्टेन्सीका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सी सञ्चालन गर्दै आएका तिलकबहादुर बस्नेतलाई सर्वसाधारण ठगेको आरोपमा प्रहरीले पक्रेको छ ।

पीडितहरुलाई अमेरिका, बेलायतलगायतका देशको भीसा उपलब्ध गराइदिने प्रलोभनमा ११ लाख २० हजार ठगेको उजुरीपछि बस्नेत पक्राउ परेका हुन् । बस्नेतको कन्सलटेन्सीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति नलिएको समेत यथार्थ खुलेको छ । 

सोलुखुम्बु स्थायी घर भएका र हाल मैतीदेवीमा बस्दै आएका ३३ वर्षे बस्नेतलाई हिजो पुतलीसडकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान र आवश्यक कारवाहीको निम्ति उनलाई जिल्ला प्रहरी कार्यालय परिसर टेकु पठाइएको छ ।

टिप्पणीहरू