बालाजु नजिकै जीप पल्टियो, चालकको ज्यान गयो

बालाजु नजिकै जीप पल्टियो, चालकको ज्यान गयो

काठमाण्डौको तारकेश्वर नगरपालिका–२, नेपालटारमा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएको बताइन्छ ।

काभ्रेस्थलीबाट जरङ्खुतर्फ जाँदै गरेको बा.२१ च ५१०६ नम्बरको जीप पल्टिँदा विपरित दिशाबाट आँउदै गरेको बा. ५ ख २३५ नम्बरको बसमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका जीप चालक मकवानपुर घर भई हाल काभ्रेस्थली बस्ने २६ वर्षीय सुनिल तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते जीपका परिचालक काभ्रेस्थलीका २४ वर्षीय विकेश तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको जनाइएको छ ।

टिप्पणीहरू