जीपको ठक्करबाट पैदलयात्रुको मृत्यु

जीपको ठक्करबाट पैदलयात्रुको मृत्यु

कैलालीमा जीपको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ । गोदावरी नगरपालिकास्थित धाममा जीपले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही नगरपालिका–१ भालुखोला बस्ने ४५ वर्षीय सेकुराम चौधरी हुन् । ग.१ ज ६८५५ नम्बरको जीपले उनलाई ठक्कर दिँदा घाइते भएका थिए । गम्भीर घाइते उनको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले जीप चालकलाई पक्राउ गरेको छ । चालक बाजुराको बडीमालिका नगरपालिका–६ का २६ वर्षीय गणेश बडुवाल हुन् ।

टिप्पणीहरू