उल्टापानीमा मध्यराति ट्रयाक्टर पल्टिंदा एक जनाको मृत्यु

उल्टापानीमा मध्यराति ट्रयाक्टर पल्टिंदा एक जनाको मृत्यु

कैलालीको धनगढीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । धनगढी–१६ उल्टापानीमा गएराती भएको दुर्घटनामा परि स्थानीय ४२ वर्षीय हरी प्रसाद चौधरीको मृत्यु भएको हो ।

धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रयाक्टर राती साढे ९ बजे अनियन्त्रित भइ नालामा पल्टिएको थियाे । चालक चौधरीको घटनास्थलमै मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बेहडाबा कैलालीले जनाएको छ ।

टिप्पणीहरू