नुहाउन गएकालाई त्रिशुलीले बगायो

आज चितवनमा त्रिशुली नदीमा नुहाउन गएका एक जना बेपत्ता भएका छन् । दिउँसो साढे ३ बजेको समयमा इच्छाकामना गाउँपालिका ४, कुरिनटारको धारापानीमा नुहाउन गएका १२ वर्षे अखिलेश यादव नुहाउने क्रममा बगेका हुन् ।

वीरगञ्ज २१ मनोहरी घर भई हाल धारापानीमा लेबर काम गर्दै आएका कृष्णप्रसाद यादवको १२ वर्षे छोरा अखिलेश र बाराको गढीमाई नपा ६, तेलगाई घर भइ सोही स्थान बस्ने १७ वर्षका विशाल यादव त्रिशुली नदीमा नुहाउन गएकोमा अखिलेश बेपत्ता भएका हुन् ।

बेपत्ताको खबरपछि प्रहरी टोली, अभिभावक र स्थानीयले खोजी गरे पनि उनको पत्तो लागेको नलागेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू