युएईमा एक वर्षमा १७४ नेपालीको ज्यान गुम्यो

युएईमा एक वर्षमा १७४ नेपालीको ज्यान गुम्यो

वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका एक सय ७४ जनाको ज्यान गएको छ । एक वर्षको अवधिमा विभिन्न कारणले उनीहरुको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८–७९ मा ती नेपालीले ज्यान गुमाएका हुन् । नेपाली दूतावासका अनुसार मृत्यु भएकामध्ये एक सय ६७ जनाको शव नेपाल पठाइएको छ । बाँकी सात जनाको अन्तिम संस्कार युएईमा नै गरिएको हो ।

युएईमा मृत्यु र घाइते भएकाको परिवारले करिब ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ क्षतिपूर्ति पाइसकेको दूतावासले जानकारी दिएको छ । दूतावासले क्षतिपूर्ति वापत प्राप्त रकम सम्बन्धित पीडित परिवारलाई दिएको बताएको छ ।

हाल युएईमा तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान गरिएको छ ।

टिप्पणीहरू