सरकारी इ-लर्निंग शिक्षा

सरकारी इ-लर्निंग शिक्षा

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविक शिक्षा विभाग)ले तयार गरेको पहिलो सरकारी इ-लर्निंग पोर्टल हो । यो पोर्टललाई नेपाली विद्यार्थीहरूको लागि खुला पुस्तकालयको रूपमा लिइएको छ । यस अनलाइन लर्निंग पोर्टललाई ‘सिकाई चौतारी’बाट नामाकरण गरिएको छ ।

सम्पुर्ण शैक्षिक संस्थाहरु र विद्यार्थीहरू आफ्नो परीक्षामा व्यस्त हुने यस महत्वपूर्ण घडीमा लकडाउनका कारण पुरा शैक्षिक संस्था बन्द छ । यसबाट नेपालको सम्पूर्ण शिक्षा प्रणालीमा नकरात्मक प्रभाव पारेको छ। एसइई तथा कलेज परीक्षा साथै नयाँ शैक्षिक सत्रहरू रोकिएका छन्।

लकडाउनकै कारण बालबालिकाहरु घरमा थुनिएका छन् । साथीहरु र शिक्षकहरुको सम्झनाले सताइरहेका छन् । विद्यालय जान नपाएका कारण उनीहरु मानसिकरुपमा विचलित भएका छन् ।

नेपाल सरकारले विद्यालय कहिले खोल्ने र एसइई तथा कलेज परीक्षा लिनेबारेमा कुनै निर्णय लिन सकेको छैन । यस अवस्थामा नेपाल सरकारले डिजिटल प्लेटफर्मको छनौट गरेर स्कूल जाने विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्ने, उनीहरुलाई शैक्षिक वातावरणमा व्यस्त राख्ने कदम चालेको छ।

सिकाइ चौतारी लर्निंग पोर्टलमा कक्षा १ देखि कक्षा १० सम्मको पाठ्यक्रम राखिएका छन्। यो नेपालको कुनै पनि ठाउँमा जो कोहीले पनि इन्टरनेटकोमाध्यमबाट पढ्न र सिक्न सक्छ। यस पोर्टलमा विद्यालय तह अनुसारका विषयहरु अंग्रेजी, विज्ञान, नेपाली, गणित, कार्य पुस्तिका, स्वास्थ्य साथै भरखरै स्कुल जानलागेका सानासाना नानीहरुका लागि कथा संग्रहहरु भिज्युएल सहित समावेश गरिएको छ । यस पोर्टलले विद्यार्थीहरूको बौद्धिक विकास गर्नुका साथै उनीहरुले कम्युटर, इन्टरनेट चाँडै चलाउन सिक्ने छन् । पोर्टल दुबै अंग्रेजी र नेपाली भाषाहरूमा उपलब्ध छ।

 

टिप्पणीहरू