सँधै जाँदा उत्साही, फर्किंदा रित्तो हात

सँधै जाँदा उत्साही, फर्किंदा रित्तो हात

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ । एएफसी एसियन कप–२०२३ को छनोट खेलमा सहभागी हुन कतार हुँदै कुवेत पुगेको ३१ सदस्यीय नेपाली टोली आज स्वदेश फर्किएको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने उतै छन् । कुवेत उनको मुलुक हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रशिक्षक अल्मुताइरी एन्फासँग बिदा लिएर केही दिनका लागि स्वदेशमै बसेका हुन् ।

वरिष्ठ ११ खेलाडी बिना कुवेत भ्रमणमा पुगेको नेपालले समूह ‘ए’ मा कुनै पनि जित निकाल्न सकेन । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ ले स्तब्ध हुन पुग्यो । अन्तिम खेलमा इन्डोनेसियासँग ७–० को फराकिलो हार व्यहोर्दै नेपाली टोली घर फर्केको हो ।

राष्ट्रिय टिममा पहिलोपटक सहभागी भएका १५ खेलाडीले भने यस पटक डेब्यू गर्ने मौका पाएका छन् ।

टिप्पणीहरू