बक्सिङ संघका पदाधिकारीसँगै खेलकुदमन्त्री रुस भ्रमणमा

बक्सिङ संघका पदाधिकारीसँगै खेलकुदमन्त्री रुस भ्रमणमा

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा आठ सदस्यीय टोली रुसको राजधानी मस्को प्रस्थान गरेको छ । नेपाल बक्सिङ संघका पदाधिकारीसहित आठ सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो । बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुदमन्त्रीको निमन्त्रणामा टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

त्यसतर्फ गएको टोेलीमा खेलकुदमन्त्री गहतराजसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुख मधुसुदन बस्नेत, मन्त्रीका निजी सचिव रोशनकुमार सुनार, संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, संघका सदस्य मानबहादुर भण्डारी र प्रवक्ता एवम् अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले छन् ।

टोली आगामी बिहीबार स्वदेश फर्कने कार्यतालिका छ ।

टिप्पणीहरू