नेपालले गोल खाएपछि अचेत भएर ढलेका प्रशिक्षक घरमा

नेपालले गोल खाएपछि अचेत भएर ढलेका प्रशिक्षक घरमा

नेपाल र कुवेतबीचको खेल चलिरहेका बेला ‘टेक्निकल एरिया’मा अचेत भई ढलेका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अस्पतालबाट डिस्चार्च भएका छन् । हिजो राति नै अस्पतालले उनलाई डिस्चार्च गरेको हो ।

सुरुमा एक दिन अस्पतालमै बसेर उपचार गर्नुपर्ने भनिए पनि हिजै डिस्चार्ज भएपछि प्रशिक्षक अब्दुल्लाह आरामका लागि घर पुगेका थिए । अब उनी नेपाली टिम बसेको होटल फर्कने तयारीमा रहेको बताइएको छ ।

हिजो कुवेतविरुद्ध नेपाल खेल्दै गर्दा ४८ मिनेटमा अब्दुल्लाह टेक्निलक एरियामा ढलेका थिए । नेपाली टोलीको मुख्य प्रशिक्षक रहेका उनको जन्मदेश पनि कुवेत नै हो ।

एएफसी एसिया कप २०२३ छनोटको लागि यतिबेला कुवेतमा रहेको नेपाली टिमले लगातार दोस्रो खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । अन्तिम खेलमा नेपालले ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।

टिप्पणीहरू