भक्तपुरमा अनौठो ‘साइक्लिङ च्यालेञ्ज’

भक्तपुरमा अनौठो ‘साइक्लिङ च्यालेञ्ज’

भक्तपुरमा आयोजना गरिएको साइकल कनेक्ट च्यालेञ्ज सम्पन्न भएको छ । साइकलप्रति अभिरूचि बढाउने उद्देश्यले गरिएको उक्त प्रतियोगिता २१ दिनसम्म चलेको थियो ।

१६ प्रतिस्पर्धी रहेको च्यालेञ्जमा हरेक दिन दुई किलोमिटर साइकल चलाउनु पर्ने नियम थियो । साइक्लिङसँगै विभिन्न कार्य गर्नुपर्ने उक्त च्यालेञ्जको थिम हो । उनीहरुले गरेको क्रियाकलाप हेरेर आयोजकले सहभागीलाई अंक दिएका थिए ।

च्यालेन्जमा सुनिल सुवालले कुल छ हजार नौ सय अंकसहित प्रथम स्थान हासिल गरेर च्यालेञ्जको उपाधि हात पारेका छन् । उनले प्याङ्क कस्टम माउन्टेन बाइक पुरस्कार पाए ।

दोस्रो स्थानमा सुधीर पराजुलीले इण्डक्सन, तेस्रो र चौथो स्थान हासिल गर्न सफल क्रमशः विकास तमाखु र निशान त्वायनाले ताम्राकार कर्पोरट ग्रुपकोतर्फबाट वाटर बोटल जितेका हुन् ।

प्रतियोगितामा १६ मध्ये १४ जनाले च्यालेञ्ज सफलतापूर्वक पूरा गरेको आयोजकले बताएको छ ।

टिप्पणीहरू