आज मध्यराती नेपाल जोर्डनसँग भिड्ने

आज मध्यराती नेपाल जोर्डनसँग भिड्ने

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले आज बलियो टोली जोर्डनको सामाना गर्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय खेल मैदानमा हुन लागेको छनौट खेल नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ ।

नवयुग श्रेष्ठको कप्तानीमा खेल्न लागेको नेपालले बलियो प्रतिस्पर्धी जोर्डनलाई कडा टक्कर दिने अपेक्षा गरिएको छ । हालसम्म नेपाल र जोर्डन चार पटक आमुन्नेसामुन्ने भएका छन् । जसमध्ये १ खेल बराबरीमा सकिएको भने ३ खेल जोर्डनले जितेको थियो ।

पछिल्लो समयमा प्रशिक्षक र खेलाडी विवादका कारण नेपाली टिममा अनुभवी ११ खेलाडी रहेका छैनन् । तत्कालीन कप्तान किरणकुमार लिम्बू, अन्जन विष्ट, सुजल श्रेष्ठ, विमल घर्ति मगरलगायत खेलाडी टिम बाहिर छन् । युवा खेलाडीले जोर्डनविरुद्ध प्रमाणित गर्ने अवसर रहेको प्रशिक्षक अल्मुताईरीले बताएका छन् ।

प्रशिक्षकले भने ,’हामीले दोहामा हुँदा भारत र अस्ट्रेलियाविरुद्धको जोर्डनको खेल हेरेका थियौं । यसैकारण उनीहरु कस्तो खेल्छन् र के गर्न सक्छन् भन्ने हामीले विश्लेषण गरेका छौं’ र सोही मुताविक तयारी गरेका छौं ।’

नेपालले जोर्डनपछि घरेलु टोली कुवेत र इन्डोनेसियासँग खेल्नेछ ।

टिप्पणीहरू