अशक्त यात्रुलाई विमानमा छाडेपछि…..

अशक्त यात्रुलाई विमानमा छाडेपछि…..

अशक्त र अन्यलाई पश्चिमा मुलुक र विकसित समाजमा निकै सम्मान हुने बताइन्छ । तर, बेलाबखत सार्वजनिक हुने कतिपय समाचारले ती मुलुक र त्यस्ता समाजको मुखुण्डो उतारिदिने गरेको छ । हालै बेलायतमा त्यस्तै गरिएको एउटा समाचार भाइरल भएको हो ।

बेलायतको ग्याटविक एयरपोर्टमा क्वाड्रिप्लेजिक (एक किसिमको पक्षघात, जसले शरीरका मुख्य चार वटा अंगमा पक्षघात गराउँछ) भएका एक जना अशक्त महिलालाई डेढ घण्टाभन्दा बढी समयसम्म विमानमा त्यत्तिकै छाडियो । विमानका केही कर्मचारीले उनलाई सहायता दिएर बाहिर निकाल्न नसकेको र आफूहरु अन्यत्र व्यस्त रहेको कारण त्यस्तो अवस्था उत्पन्न भएको जनाइएको छ ।

उनीप्रति गरिएको उक्त अमानवीय व्यवहारको कथा उनका साथीले गरेको ट्विटमा भाइरल भयो । त्यसपछि ग्याटविक एयरपोर्ट कार्यालयले ट्विटर मार्फत् माफी मागेको छ । साथै उनीहरूले घटनाको अनुसन्धान गरिरहेको जनाएका छन् ।

स्रोतः आरटी न्युज

टिप्पणीहरू