ओमानसंग नेपालको भिडन्त कतारमा

ओमानसंग नेपालको भिडन्त कतारमा

नेपाली राष्ट्रिय फुटबल टोली र ओमानबीच आज मैत्रीपूर्ण अभ्यास खेल हुने भएको छ ।

प्रशिक्षणका लागि कतारको दोहामा रहेको नेपाली टोलीले बलियो ओमनसँग खेल्न लागेको हो । एएफसी एसियन कप-२०२३ छनोट खेल हुनुअघि अभ्यास खेल खेल्न लागेको नेपाली टोली आज राति १० बजे ओमानविरुद्ध मैदानमा उत्रदैछ ।

यसअघि नेपालले दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको थियो । पहिलो हाफमा २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको हो । दोस्रो खेलमा पनि श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।

एएफसी कपका २०२३ को छनौट खेल खेल्न नेपाली टिम भोलि कुवेत प्रस्थान गर्दैछ । समूह ‘बी’ मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ गते कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्नेछ।

तयारी प्रशिक्षणको लागि नेपाली फुटबल टोली एक हप्ता देखी कतारमा छ ।

टिप्पणीहरू