शुरु भयो सट्याकसुटुक हतियार ल्याउने सुरसार
धेरैलाई सम्झना होला उद्यण्ड शाहज्यादा पारसलाई तत्कालीन राजा ज्ञानेन्द्रले ०५८ कात्तिक १० गते विजयादशमीको दिन नेपाल अधिराज्यको युवराज घोषणा गरेको ।
मुलुक चाडपर्वमा होमिएको या राष्ट्रिय विपद्मा फसेका बेला स्वार्थ समूहले कसरी अवाञ्छित हर्कत देखाउँछ भन्ने कुराको एउटा ज्वलन्त नमुना फेरि फेला परेको छ– सुरक्षाकर्मीलाई अर्बाैंको हतियार किन्ने गोप्य चलखेलमार्फत ‘कुनै पनि मुलुकका सुरक्षाबललाई हतियार चाहिन्छ । यसमा कुनै विवाद छैन । तर, हरेक कुराको बेला र परिस्थिति हुन्छ ।…